FAQs Complain Problems

वडा नं ८ मार्के

Read More

वडा नं ७ ओख्रेनी

Read More

त्रि ज मा वी लुहापिङ

Read More

नगर सभा

Read More

प्रशिद्ब धार्मिक स्थल खैराबाङ

Read More

संक्षिप्त परिचय

शारदा नगरपालिका नेपालको पछिल्लो प्रशासनिक विभाजन अनुसार कर्णाली प्रदेश मा पर्दछ । शारदा नगरपालिका विश्व मानचित्रमा ८२०२’४०” देखि ८२१६’३६” पूर्वी देशान्तरसम्म र २८१८’५१” देखि २८२७’४४” उत्तरी आक्षांससम्म फैलिएर शारदा नदीको काखमा प्राकृतिक मनोरम संरचना सहित पहाडी क्षेत्रमा अवस्थित छ  । १९८.३४ वर्ग.कि.मी. क्षेत्रफल रहेको यस शारदा नगरपालिकाको उत्तरमा सिद्बकुमाख गाउँपालिका पश्चिमतर्फ बनगाड कुपिन्डे नगरपालिका, दक्षिणमा छत्रेश्वरी, त्रिवेणी र कालिमाटी गाउँपालिका र पूर्वमा छत्रेश्वरी गाउँपालिका र बागचौर नगरपालिका रहेका छन् । 
नेपाल सरकारको मिति २०७१ बैशाख २५ गतेको निर्णयबाट सल्यान जिल्लाको तत्कालिन ७ गा.वि.स खलंगा, मार्के, ह्विल्चा, कजेरी, सजैवाल टाकुरा, स्यानीखाल र डाँडागाउँलाई मिलाएर घोषणा भई २०७१/०२/०२ गतेबाट औपचारिक रुपमा स्थापित तथा सञ्चालनमा आएको हो । यस नगरपालिकाको नामाकरण यस नगरपालिका भइ बग्ने शारदा नदिबाट गरिएको हो । शारदा नदी शारदा नगरपालिकाको मात्र नभइ सल्यान जिल्लाको पनि प्रमुख नदीको रुपमा मानिन्छ । यस नदिलाई आर्थिक तथा पर्यटकिय हिसाबले महत्वपूर्ण मानिन्छ । राष्ट्रिय जनगणना, २०७८ अनुसार शारदा नगरपालिकाको जनसंख्या ३४,६६३ रहेको छ जस मध्ये पुरुष ४६.४३ प्रतिशत (१६,३८८ जना) र महिला ५३.५७ प्रतिशत (१८,२७५ जना) रहेको यस नगरपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ । राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार सबैभन्दा बढी क्षेत्री जाति २१,१२७ जना (६२.६४ प्रतिशत), दोस्रोमा सन्यासी/दशनामी २७६१ जना (८.१९ प्रतिशत) र तेस्रोमा कामी २५८६ (७.६७ प्रतिशत) हरुको बसोबास रहेको छ । शैक्षिक हिसावमा यस नगरपालिकामा सामुदायिक र संस्थागत गरी जम्मा ६३ वटा शिक्षण संस्थाहरु संचालित छन् । 
यस नगरपालिकामा औषत पारिवारीक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अन्य श्रोतहरुमा व्यापार व्यवसाय, पशुपालन, साना उद्योग, सेवा, नोकरी हुन् । यसको साथै विकल्पमा वैदेशिक रोजगारी पनि एक हो । परम्परागत प्रणालीको कृषि व्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा क्रमशः आधुनिक कृषि प्रणाली र जीवनशैलीमा रमाउन थालेका छन् । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम बढिरहेको छ । यस नगरपालिकामा आधारभूत देखि उच्च शिक्षासम्म प्रदान गर्ने शैक्षिक संस्था रहेका छन् । प्राविधिक शिक्षा र माथिल्लो तह अध्ययनका लागि यस नगरपालिकाका स्थानीय विद्यार्थीहरु अन्य छिमेकी जिल्लामा जाने गरेका छन् । अधिकांश घरमा विद्युतीकरण भएको भएतापनि केही सिमान्तकृत वर्गमा रहेका नागरिक भने विद्युतीय उपभोगको पहुँचमा पुग्न सकिरहेका छैनन् । योजनाबद्ध विकास कार्यक्रम कार्यान्वयन तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाई हुनुले यस नगरपालिका क्षेत्रको अपेक्षित विकास हुन सकिरहेको देखिँदैन । विभिन्न समुदाय, जातजातीका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व जस्तै नयाँ वर्ष, साउने सक्रान्ति, कृष्णजन्माष्टमी, तीज, दशै, तिहार, माघे सक्रान्ति, चैते दशै आदि मनाउने गरिन्छ ।

विस्तृत जानकारिका लागी नगरपालिकाको पार्स्वचित्र हेर्न सक्नु हुन्छ ।

Elected Officials

Official

हाम्रो युट्यूव च्यानल

सेवाहरु

सेवा प्रकारः- नेपाली नागरिकता प्रमाणपत्र तथा अन्य सिफारिस
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर अवस्था हेरी मिल्ने भए सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- शुल्क: नयाँ- रु.१५० प्रतिलिपी -२००
आवश्यक कागजातहरुः-
  • कुन देशको नागरिक हो उक्त देशको नागरिकता त्याग गरेको कागजात
  • नाता कायम भई रहेको भए स्वदेशी वा विदेशी तर्फको सम्बन्ध र विषयमा आधारित प्रमाणहरुको फोटोकपी
सेवा प्रकारः- नेपाली नागरिकता प्रमाणपत्र तथा अन्य सिफारिस
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- शुल्क: नयाँ- रु.१५० प्रतिलिपी -२००
आवश्यक कागजातहरुः-
  • २ प्रति नागरिकताको फाराम कालोमसिले भरि दुवै कान देखिने फोटो टाँस गरेको फाराम भरी,
  • सनाखत गर्नजाने व्यक्तिको नागरिकता (तीनपुस्ते नाता खोलिएको)
  •  जन्म दर्ता, शैक्षिक योग्यताको प्रमाण–पत्र, विवाह दर्ता, बसाईसराई दर्ता, अस्थायी निस्सा, 
  • नापी नक्साकोे फोटोकपी
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- नगरपालिका ("आर्थिक प्रशासन उप-शाखा")
सेवा शुल्कः- धरौटी बमोजिम
आवश्यक कागजातहरुः-
  • धरौटिको सक्कली रसिद
  • घरनक्सा पास गरेको हकमा घर निमार्ण सम्पन
  • प्रमाणपत्र प्रतिलिपी
  • सार्वजनिक परीक्षण गरेको प्रमाण प्रतिलिपी
  • जाँचपास तथा फरफारक सम्पन्न गरेको निर्णय
  • प्रतिलिपी
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
  • मृतकको नागरिकता
  • सूचना दिने मानिसको नागरिकता
  • सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना घटेको ३५ दिनभित्रको भएमा नि:शुल्क , सोभन्दा पछिको भए रु. ५०।– र प्रतिलिपि को लागि भए रु १००।– अंग्रजीमा रु. ६००।-
आवश्यक कागजातहरुः-
  • दुलाहा–दुलहीको नागरिकता
  •  दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता
  • माइती तर्फ बाबु/आमाको नागरिकता (दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुुनपर्ने)
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- घटना घटेको ३५ दिनभित्रको भएमा नि:शुल्क , सोभन्दा पछिको भए रु. ५०।– र प्रतिलिपि को लागि भए रु २००।– अंग्रजीमा रु. ६००।-
आवश्यक कागजातहरुः-
  •  सम्बन्धित बच्चाको बाबुको नागरिकता
  •  आमाको नागरिकता
  •   नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता
  •   सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने 
  •   अस्पतालमा भए अस्पतालको कागजात 

जानकारी