FAQs Complain Problems

आधारभुत शिक्षा परिक्षा (कक्षा-८) २०७६ को नतिजा प्रकाशन सम्बन्धमा ।

शारदा नगरपालिका अन्तर्गत सञ्चालित आधारभुत विध्यालयको शैक्षिक सत्र २०७६ को आधारभुत शिक्षा परिक्षा (कक्षा-८) को बार्षिक परिक्षाको नतिजा प्रकाशन गरिएको छ । नगरस्तरिय आधारभुत शिक्षा परिक्षा संचालन तथा व्यबस्थापन समितिको मिति २०७७/०१/३१ गतेको निर्णय अनुसार यस नगरपालिकाका २१ वटा सामुदायिक तथा संस्थागत विध्यालयमा अध्यानरत जम्मा विध्यार्थी संख्या ७५० जना मध्य ९ जना अनुपस्थित र ७४१ जना उपस्थित मध्य ५१ जना A+ १०२ जना A २०३ जना B+ २४८ जना B १२५ C+ तथा १२ जना C ग्रेडमा उत्रिणा भएको जानकारी गराइन्छ । साथै उक्त परिक्षामा सफल भएका परिक्षार्थिको नामथर, जन्ममिति तथा अन्य विवरण सच्याउनु परेमा परिक्षार्थिको निवेदन तथा विध्यालयको सिफारिस सहित नगरपालिकामा सम्पर्क गर्नहुन अनुरोध छ ।